सिर्जनशील प्रकाशन सहकारीको साधारणसभा

बुटवल, पुस १६ । सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड बुटवलको ८ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सहकारी अध्यक्ष मनहरि बस्यालको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै सांसद श्रेष्ठले सहकारीले संघ र प्रदेशका सहकारी सम्बन्धी कानूनहरुलाई अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाले विकास र समृद्धिमा सहकारीको प्रमुख भूमिका रहेकोले सबैमा बचत गर्ने बानीको विकास गर्दै सहकारीहरु अघि बढनुपर्नेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष बस्यालले सहकारीले शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको भन्दै लगानी बढाउन र व्यवसायिक बनाउन अपरिहार्य रहेको बताउनुभयो । उहाले संस्थाको दिगो र तथा ठूलो लगानीको क्षेत्र भएको मसलन्द सामग्रीहरु विक्री वितरणमा प्रतिस्पर्धी बजार, आर्थिक मन्दीले बजार विस्तारमा केही कठिनाई देखिएका बताउनुभयो । अध्यक्ष बस्यालले सहकारीको आन्तरिक सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर आफु सधै अघि बढेको स्पस्ट पार्दै सहकारीले आप्नै उधोग स्थापना गरेर अगाडि बढ्ने तयारीमा रहेको बताउनु भयो ।


कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बजार क्षेत्रका समस्या समाधान गर्न उद्योग वाणिज्य संघ सबै क्षेत्रसँग सहकार्य गरी अघि बढने बताउनुभयो । राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका अध्यक्ष नारायण बेल्वासेले विद्यालय तहमा पनि सहकारी शिक्षा पढाउन आवश्यक रहेको बताउदै सहकारीका सदस्यहरुको सक्रिय सहभागिताले सहकारीले सहकारीको विकासमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा सहकारीका सल्लाहकारहरु कृष्णप्रसाद पाण्डे, यामलाल लोहनी लगायतले बोलेका थिए । लेखा प्रतिवेदन रमेश बहादुर थापा र कोषाध्यक्ष रामकृष्ण चापागाईंले कोषाध्यक्षको प्रतिबेदन पनि साधारणसभाले पारित गरेको छ । सहकारीमा ११५ जना शेयर सदस्य रहेको गोपाल बस्यालले जानकारी दिनुभयो ।
सहकारी अध्यक्ष मनहरि बस्यालको अध्यक्षता, उपाध्यक्ष दिवाकर घिमिरेको स्वागत तथा सचिव बालकृष्ण बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.