एक्स्पोमा १० लाख दर्शक , ५० करोड कारोबार लक्ष्य पूरा

 

बुटवल,१९ पुस । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गते बाट बुटवलमा सुरु भएको लुिम्बनि एक्स्पो २०८०, अन्तर्र्राष्ट्रिय व्यापार मेला सकिएको छ । स्वरोजगार आत्मनर्भिरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म आयोजना गरीएको एक्स्पोमा १० लाख दर्शक भित्राउने र ५० करोड कारोबार गर्ने लक्ष्य पूरा भएको आयोजकको दावी छ । एक्स्पो समापन गर्दै लुम्बनिीका नविर्तमान मुख्यमन्त्री ललिा गिरीले शथिलि बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउँन एक्स्पोले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । उहाले मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउदै वर्तमान सरकार दिशाविहिन बन्दा विकासका काम अगाडी बढ्न नसकेको आरोप लगाउनुभयो । उहाले व्यापार संघले यस क्षेत्रको आर्थीक विकासमा खेलेको भूमकिालाई कसैले वर्सिन नहुने उल्लेख गर्नुभयो ।


कार्यक्रमका बुटवल उपमहानगरपालकिाका प्रमुख खेलराज पाण्डेले मेला सफलतापूर्वक सम्पन्न भएको बताउदै आर्थिक गतविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानयि सरकारहरुले सधै साथ दिने प्रतविद्धता जनाउनुभयो ।
सो अवसरमा प्रदर्शनी मुल आयोजक समतिकिा संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहचिान र उत्सव नै बनेको बताउँदै आयोजना सफल बनाउने तयारी देखी समापनसम्म प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैपति आभार व्यक्त गर्नुभयो । उहाले एक्स्पोमा संघले राखेको दर्शक र कारोवारको लक्ष्य पुरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले केहि सकारात्मक भूमकिा निर्वाह गर्ने वश्विास व्यक्त गर्नुभयो ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो ।
उद्योग तथा तृतीय लकासी अचार उद्योग तिलोत्तमा भएका छन् ।


त्यसैगरी स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडीज स्लीपर्श र बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघले पाएको छ । त्यसैगरी महीला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्राली पुरस्कृत भएको छ ।
समापन कार्यक्रममा आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, महासचवि दयानिधि भण्डारी, रुपन्देही उद्योग संघका वरष्ठि उपाध्यक्ष कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, कृषी तथा भूमी व्यवस्था मन्त्रालयका सचिव यमनारायण देवकोटा लगायतले बोल्दै यसप्रकारका मेलाले आर्थिक गतिबिधिलाइ बढाउने भएकाले स्थाइ प्रर्दशनि केन्द्रमा विभिन्न कार्यक्रम गरीरहनु पर्ने बताउनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.