काठमाडौं। नेपाल भ्रमणका क्रममा काठमाडौं आइपग्नु भएका भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गर्नु भएको छ।
बिहान काठमाडौं आएपछि उहाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्नु भएकोहो । भारतका विदेशमन्त्री एस जयशंकरसँग शितल निवासमा शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरवारमा पुगेर जयशंकरले भेटघाट गर्नुभएकोहो ।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर आज बिहान काठमाडौं आउनुभएको हो ।