रेसुङ्गा अलौकिक सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

 

बुटवल, पुस १९ । रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल-६ ले आफ्नो स्थापना दिवसको अवसर पारेर बिहीबार रक्तदान कार्यक्रम गरेको छ । रगतको अभावमा कुनै पनि विरामीको अकालमा मृत्यु नहोस भन्ने उद्देश्य सहित रक्तदान गरी सहकारीले दोस्रो स्थापना दिवस सामाजिक कार्य गरेर मनाएको हो । सहकारीका अध्यक्ष कृष्णप्रसाद पोखरेलले विभिन्न सामाजिक कार्य गर्दै सहकारी अघि बढेको बताउनुभयो । अध्यक्ष पोखरेललसहकारी समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकल भएको कार्यक्रम संयोजक आकाश पन्थले जानकारी दिनुभयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष, नेदीराम ज्ञवाली, सचिव गीता भण्डारी, कोषाध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतले बोल्नु भएको थियो । सहकारीमा १ हजार १४० शेयर सदस्यहरु रहेका छन् । सहकारी बुटवलको मैत्रीपथमा रहेको छ । सहकारीले आफ्नो लगानी उत्पादनमूलक क्षेत्रमा पनि केन्द्रित गर्दै आएको छ । तीन वर्ष अघि रेसुङ्गा र अलौकिक सहकारी मर्ज भएर रेसुङगा अलौकिक सहकारी बनेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.