जीतगढी किल्लालाई बृहत् पर्यटन सर्किटको आधार क्षेत्रको रुपमा विकास गर्नुपर्छ,राष्ट्रपति पौडेल

 

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली फौजले अंग्रेज सेनालाई पराजित गरेको जीतगढी किल्लालाई बृहत् पर्यटन सर्किटको आधार क्षेत्रको रुपमा विकास गर्न जोड दिनु भएको छ। नेपाली सेनाले बुटवल उपमहानगरलाई जीतगढी हस्तान्तरण कार्यक्रमा आयोजित समारोहमा बोल्दै राष्ट्रपति पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताउनुभयो ।

उहांले बुटवलको पर्यटकीय विकासका लागि पनि जितगढीको संवर्द्धन र प्रवर्द्धनमा जोड दिनुभयो । तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै हिलपार्कसम्मका क्षेत्रलाई जोडेर पर्यटनको बिकास गर्न सकिने राष्ट्रपति पौडेलले बताउनुभयो । किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थल बनाउन सुझाव दिंदै उहाँले जीतगढी किल्ला नेपाली सेनाले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले जितगढी किल्ला बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गर्नु भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। हस्तान्तरणसँगै जितगढी किल्ला किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आएको छ । कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले अंग्रेज फौजलाई १८७२ वैशाख ७ गतेका दिन जितगढी किल्लामा पराजित गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.