बुटवल,२१ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशबाट ६ जनालाई सिफारिस गरेको छ । ६ जनामा तीन पुरुषर तीन महिला छन् । पार्टी प्रदेश कमिटीको सचिवालय बैठकले पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मालाई सिफारिस गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयाे।
नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेकाले लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ । लुम्बिनीमा एमालेसँग २ हजार ९८० मत छ भने नेपाली कांग्रेससँग ३ हजार १७९ र नेकपा माओवादी केन्द्रसँग १ हजार ३४३ मत छ । जसपासँग २७३, राप्रपासँग २६९, नेकपा एससँग ५३ र स्वतन्त्रसँग ५३ मत रहेको छ । अहिलेको सत्ता गठबन्धन कायम रहंदा निर्वाचनमा एमाले उम्मेदवारले जित्ने संभावना कम छ ।