सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालको निर्देशन

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् । सम्भव हुने सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजी र दलालहरूबाट ठगिएको बताए । सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री दाहालले मन्त्रालयलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न समेत मन्त्रालयलाई निर्देशन दिए। प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन पनि दिएका छन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.