हरियाली सहकारीको २६ औं साधारण सभा, उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन जोड

 

बुटवल, २५ पुस । बुटवल ४ स्थित हरियाली बहुउद्देश्यिय सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न भएको छ । सभामा सहभागि सहकारी अभियन्ताहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन जोड दिएका छन् । कुल ५ सय २ जना शेयर सदस्य रहेको सो सहकारीको साधारण सभाले सदस्य संख्या, शेयर पूँजी र बचत परिचालन बृद्धि गर्दै उत्पादनशिल क्षेत्रमा लगानी बढाउने निणर्य समेत गरेको छ ।
बुटवल उपमहानगरपालीका र सुद्धोधन गापाको १ र २ वडाहरु कार्यक्षेत्र रहेको सो सहकारीको कुल शेयर पूँजी ५३ लाख ९५ हजार ९ सय २२ रुपैयाँ रहेको छ । त्यस्तै ऋण लगानी तर्फ २ करोड ९९ लाख ५५ हजार ३ सय ५४ रुपैया रहेको छ । यसैगरि कुल बचत तर्फ २ करोड ४९ लाख ६७ हजार ८ सय २३ रुपैया रहेको छ ।
आम्दानी ४४ लाख १२ हजार १ सय ९९ सय रहेको छ भने कुल खर्च ३६ लाख १३ हजार २ सय ५५ रहेको छ । सहकारीका सातवटा सिद्धान्त र ६ वटा नियमहरु पालना गर्दै संस्था र सदस्यहरुको हितमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको सो सहकारीले असल बचत कर्ताहरु, असल ऋणहरु, जेष्ठ सदस्यहरु र एसईईमा ए प्लस हासिल गर्ने शेयर सदस्यका बालबालीकाहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।
कार्यक्रममा ऋण तथा बचत सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकाल, सहकारीका अध्यक्ष सिद्धार्थकुमार उदय, सल्लाहकार हरिध्वज मल्ल, उपाध्यक्ष बेधानिधी रिजाल, पुर्व अध्यक्षहरु आशा श्रेष्ठ, योगप्रसाद श्रेष्ठ, कोषाध्यक्ष प्रदिपमान सिङ्गमानगैडा, लेखा समिति संयोजक प्रेम प्रसाद पौडेल लगाएतले बोल्दै सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले उत्पादन मुलक कार्यमा सहकारीको लगानी वृद्धि गर्नुपर्ने बताएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.