नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको सर्वसम्मत नेतृत्व चयनको प्रयास बिफल, निर्वाचन २९ गते १ बजे बाट ४ बजेसम्म मतदान हुने

 

पौष २८
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारण सभा तथा १० औँ अधिवेसनमा सचिव र उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको छ । १० औँ अधिबेसनमामा उपाध्यक्ष पदमा बोधराज शर्मा र दिपेन्द्र जिसि र सचिव पदमा बालकृष्ण भण्डारी र कृष्णबहादुर कार्किको उमेद्धारी परेपछि २९ गते एक बजे देखि मतदान हुनेगरी समयतालिका सार्बजनिक गरीएको निर्वाचन समितिका सदस्य यमलाल लोहनिले जानाकारी दिनुभयो । संस्थाको हितका निम्ती सर्वसम्मत नेतृत्व चयन गर्दा राम्रो हुने ब्यवसायि हरुको सुझाव लाइ मनन गरेर सर्वसम्मत बनाउने प्रयास गरीए पनि सफल हुन नसकेको निर्वाचन समितिका संयोजक मनोहरी बस्यालले जानाकारी दिनुभयो । सचिव र उपाध्यक्षमा एक भन्दा बढी उमेद्धारी परेकाले तिनै दुइपदमा मात्र निर्वाचनहुने निर्वाचन समितिका सदस्य दिवाकर घिमिरेले जानाकारी दिनुभयो। अध्यक्ष सहित अन्य पदमा निर्विरोध निर्वाचित भएको पनि सदस्य दिवाकर घिमिरेले जानाकारी दिनुभयो । घिमिरेले का अनुशार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा गोपाल बस्याल , प्रथम उपाध्यक्षमा दिपक पाठक,सहसचिबमा मित्रबन्धु भण्डारी, कोषध्यक्षमा मनोज गौतम,निर्विरोध निर्वाचित हुनुभएको छ । तेसैगरी सदस्य पदमा राजुभारी,बिष्णु पाण्डे,विजय कुमार घिमिरे,हरीप्रसाद बस्याल,विमल घिमिरे,प्रदिप बानियाँ गणेश भुसाल,पुष्पा लोहनि,बिष्णुमति ज्ञवालि,टिकाराम चापागाइ,,तुल्सीप्रसाद लम्साल,गुरुप्रसाद भुसाल र दिपक पौडेल निर्विरोध निर्वाचित भएको निर्बाचन समिति सदस्य यमलाल लोहोनिले जानाकारी दिनुभयो । तेस्तै अधिबेशनले चिरन्जिवि अधिकारी संयोजक र भरतराज भट्टराइ,सुमित केसि सदस्यरहेको लेखासमिति निर्विरोध निर्वाचित गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.