महासंघ रुपन्देहीको अध्यक्षमा गोपाल बस्याल निर्विरोध निर्वाचित

 

बुटवल । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा गोपाल बस्याल निर्विरोध निर्वाचित भएका छन् ।बुटवलमा सम्पन्न २१ औँ साधारण सभा तथा १०औँ अधिवेशनबाट बस्याल निर्विरोध निर्वाचित हुनुभएको हो ।


निर्वाचन समिति संयोजक मनोहरि बस्यालका अनुसार सचिव र उपाध्यक्षबाहेक अरु सबै पदमा सर्वसम्मत गरिएको हो । उपाध्यक्षमा बोधराज शर्मा र दिपेन्द्र जिसि र सचिवमा बालकृष्ण भण्डारी र कृष्णबहादुर कार्किको उमेद्धारी परेको थियो । आइतबार सम्पन्न निर्वाचनमा १३५ मत खसेकोमा उपाध्यक्षमा बोधराज शर्माले (८१) ल्याएर विजयी हुनुभएको छ भने सचिवमा भण्डारी (६८) विजयी भएको निर्वाचन समितिका सदस्य यमलाल लोहनिले जानाकारी दिनुभयो ।


यस्तै, प्रथम उपाध्यक्षमा दिपक पाठक, सहसचिबमा मित्रबन्धु भण्डारी, कोषध्यक्षमा मनोज गौतम,निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा राजु भारी, बिष्णु पाण्डे, विजय कुमार घिमिरे, हरीप्रसाद बस्याल, विमल घिमिरे, प्रदिप बानियाँ गणेश भुसाल, पुष्पा लोहनि, बिष्णुमति ज्ञवालि, टिकाराम चापागाइ, तुल्सीप्रसाद लम्साल, गुरुप्रसाद भुसाल र दिपक पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
अधिबेशनले चिरन्जिवि अधिकारी संयोजक र भरतराज भट्टराइ, सुमित केसि सदस्य रहेको लेखासमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले उद्घाटनगनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.