त्रिशूली नदीमा खसेको गाडी फेला

 

बुटवल,२ माघ । त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । बीआर ०९ जीसी १४३० नम्बरको सिङ्गल क्याब भएको बोलेरो गाडी आज बिहान नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको जानाकारी पाए पछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली घटना स्थल पुगेको थियो । गाडि भेटिए पनि भित्र मानिस फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गाडीभित्र मान्छे र सामान पनि केही नभएको अवस्थामा भेटिएको हो ।
मानिस समेत हुन सक्ने आसंकामा मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम भइरहेको उहाले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.