चिकित्सक डा. योगेन्द्र अग्रहरी राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित

 

माघ ०२ । स्वास्थ्य क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङ्गकन गर्दै चिकित्सक डा. योगेन्द्र अग्रहरीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाटसम्मानित हुनु भएको छ ।
चितवनमा आयोजित एक कार्यक्रममा डा.योगेन्द्र अग्रहरी सहित २५ जनालाई सम्मान गरिएको हो । हाडजोर्नी ट्रमा स्पाइन मेरुदण्डमा उल्लेखनिय योगदान गरेको भन्दै डा. अग्रहरीलाई अवार्डबाट सम्मान गरिएको थियो । ट्रमाको अभियान्ताकै रुपमा परिचित डा. अग्रहरी झण्डै २० बर्ष देखि चिकित्सा क्षेत्रमा संक्रिय रहि योगदान गर्दै आउनु भएको छ ।

उहाँले चिकित्सक क्षेत्रमा सोध पत्रको माध्यमबाट नेपालको चिकित्सा क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा समेत चिनाउन सफल हुनुका साथै विभिन्न बाहिरी मुलुकका सामाजिक क्षेत्रबाट सहोग जुटाएर विभिन्न हाडजोर्नि ट्रमा स्पाइन मेरुदण्ड विरामि हरुको उपचारमा समेत सहयोग गदै आउनु भएको थियो । डा. योगेन्द्र अग्रहरीले हाडजोर्नि ट्रमा स्पाइन मेरुदण्ड सम्वन्धि सचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्दै आउनु भएको छ ।
प्रदेशका १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई सम्मानित गरिएको हो । प्रमुख अतिथि डा. शशांक कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी लगायतबाट उहांँहरु सम्मानित हुनुभएको हो । सम्मानित हुनु हुनेहरुमा चिकित्सक तर्फ प्रा डा पशुपति चौधरी, प्राडा रामनरेश पण्डित, डा निलम चौरासिया, प्राडा राजेन्द्र प्रसाद कोजु, प्राडा लोक बहादुर सेंढाई, डा. हरि बहादुर खड्का ,डा सरु थापा न्यौपाने रहनुभएको छ । डा. अग्रहरी हाल बुटवबल को सुख्खानगर मा रहेको तिनाउ इन्टरनेसनल हस्पिटल र बुटवलकै अर्थीपेडिक एण्ड ट्रमाकेयर क्लिनिकमा कार्यरत हुनुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.