प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागि भएर स्वदेश फिर्ता हुनुभएको छ ।
आइतबार बिहान काठमाडौं आएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले युगान्डा भ्रमण सफल भएको दावी गर्नुभयाे ।
उहाले शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी  विश्व व्यवस्थालाई न्यायोचित, समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनुभयो।सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आव्हान गर्नुभयो।
आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्नुभएको State Banquet मा सहभागी भएँ।उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग संक्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भएकाे जानकारी दिनुभयो ।
यसै भ्रमणको अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीहरूसँग छोटो भेटघाट तथा अन्तरक्रियाको मौका मिल्यो। नेपालीहरूका लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसरहरू तथा चुनौतीका बारेमा छलफल भयो।सम्बोधनको क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएकाे जानकारी दिनुनुभयाे ।
शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलंकाका राष्ट्रपति महामहिम रणिल विक्रमासिङ्घे (H.E. Mr. Ranil Wickremesinghe) सँग द्विपक्षीय भेटवार्ता भयो। उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भयो। हालै, पहिलो पटक काठमाडौंमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्ने तथा सार्कलाई गतिशील तुल्याउन दुबै देशले साझा पहल कदमी लिने बारेमा समेत छलफल भएको प्रधानमन्त्री दाहाले बताउनु भयाे ।
प्रधानमन्त्री  दाहालले त्यसैगरी, उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनी (H.E. Gen. Yoweri Kaguta Museveni) सँग संक्षिप्त भेट र छलफल भएकाे र नेपाल भन्ने बित्तिकै हिमालयको देशबाट आएको भनेर उहाँले मसँग चासोका साथ कुराकानी गरेकाे  र आप्नाे  तर्फबाट पनि असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन भव्यतापूर्वक आयोजना गरेकोमा बधाइ दिएकाे जानकारी दिनुभयो

सोही अवसरमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटघाट तथा कुराकानी भएकाे हालै, काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलाई कार्यान्वयन गर्ने लगायत नेपाल भारत सम्बन्धलाई अझ सुदृढ पार्दै लैजाने विषयमा कुराकानी भएकाे जनाकारि दिनुभयो
अन्त्यमा, संयुक्त राष्ट्र संघपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका (global south) मुलुकहरूलाई स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र ऐक्यवद्धताको वैकल्पिक मञ्‍चको रूपमा रहिआएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपति H.E. Yoweri Kaguta Museveni तथा विगत ३ वर्षदेखि अध्यक्षको हैसियतमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यवाद ज्ञापन गर्गनुभयाे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.