अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण-प्रतिष्ठा गरिएको छ।
अयोध्यामा रहेको राम मन्दिरमा एक समारोहका बीच आज सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरे। मन्दिरमा पाँच वर्षका रामको मुर्ति राखिएको छ।
त्यस अवसरमा मन्दिरमा करिव आठ हजार पाहुना बोलाईएको थियो।


सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले नै उक्त मन्दिरको शिलान्यास गरेका थिए। राम मन्दिर निर्माण गरिएको ठाउँमा मुस्लिम समुदायले भने भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने माग गर्दै आएका थिए। सन् २०१९ मा भारतको सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास गरिएको थियो।
भव्यताका साथ मन्दिर उद्घाटन समारोहलाई शंकराचार्यले भने साथ दिएनन्।मन्दिर सम्पूर्ण रूपमा नबनेको भन्दै उनीहरुले प्राण प्रतिष्ठा गर्न नहुने बताउँदै आएका थिए।
मन्दिर पुरै बनिसक्न अझै एक वर्ष लाग्ने अनुमान भारतिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तर चुनावी सरगर्मी बढेको र त्यसको फाइदा लिन मन्दिरको उद्घाटन गरिएको भन्दै भारतीय कंग्रेसका नेताले पनि उद्घाटन समारोहमा उपस्थिति जनाएनन्।
प्राण प्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको छ। नेपालका पनि सीमावर्ती क्षेत्रका कतिपय पालिकाले बिदा दिएका छन् ।सीताको जन्मस्थल जनकपुरधाममा पनि हर्षोल्लास मनाइएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.