संसारकै सबैभन्दा धनाढ्य परिवारसंग सुनको महल

 

संसारकै सबैभन्दा धनाढ्य परिवारसंग सुनको मह
काठमाडौं। संसारकै धनी परिवारको सम्पत्ति कति होला? धेरै मानिसका लागि चासो हुन्छ।
उनीहरूको घर कस्तो होला ? गाडी घोडा चढ्ने शोख होला कि नहोला? यस्ता कैयौं जिज्ञासा हुनु स्वाभाविक हो।
त्यसको जवाफ थाहा पाउनुहोस्। हो, संसारकै सबैभन्दा धनी परिवारका व्यक्तिको ६५ अर्बको घर छ । ८ वटा प्राईभेट जहाज छन्। सयौं
कार सजाउने शोख उनीहरुलाई छ । यो परिवारको कुल सम्पत्ति तीन खर्ब पाँच अर्ब डलर भन्दा धेरै छ ।
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानको परिवार संसारकै सबैभन्दा धनी परिवार हो ।
अबुधाबीका १७ औं शासक शेखको परिवार २०२३ को विश्वकै सर्वाधिक धनी परिवारको सूचीमा शीर्ष स्थानमा छ ।
ब्लुम्बर्गका अनुसार एमबीजीको नामले पनि चिनिने मोहम्मद बिन जायदसँग विश्वको करिब ६ प्रतिशत तेल भण्डारको स्वामित्व छ ।
शेखको परिवारले विश्वका विभिन्न प्रसिद्ध व्यवसायहरुमा लगानी गरेको छ भने इंगलिस फुटबल क्लब म्यानचेष्टर सिटीका मालिक पनि शेख हुन् ।
जिक्यू न्युज वेभसाइटका अनुसार यो परिवारसँग सुनबाट बनेको कसर अल वतन नामको राष्ट्रपति महल छ । महल यूएईमा ९४ एक्कड क्षेत्रफलमा फैलिएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.