मधेश सरकारबाट बाहिरियो जनमत

बुटवल । माघ ९ । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारको नेतृत्वकर्ता जनता समाजवादी पार्टी जसपासँग खटपट झडपकै अवस्थामा पुगेपछि सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको हो ।

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएर सरकार छाडेका हुन् ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले आफूहरुले सरकार छाडेको जनमत पार्टीका नेताहरुले बताएका छन्

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.