बुटवल ।
रुपन्देहीव्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्य समितिले एक विषेश कार्यक्रमका बीच शपथग्रहणसहित पदभार ग्रहण गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले पद तथा गोपनीयताको शपथ गराउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभयो । संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले टिका तथा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खादा लगाएर शुभकामना व्यक्त गर्नु भयो । महासचिव दयानिधि भण्डारीले नवनिर्वाचित महासचिव फर्सुराम पन्तलाई म्यान्यूट तथा कोषाध्यक्ष ऋषिराम पाण्डेले नवनिर्वाचित कोषाध्यक्ष मनिराम खनाललाई चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीको आर्थिक तथा औद्योगिक विकाससँगै समग्र परिर्वतनका लागि एकिकृत विकास परियोजना अगाडि बढाउनु पर्ने बताउनुभयो ।
उहाले यस क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरुले सामुहिक पहलगर्दै आएको भएपनि सबैको चाहाना अनुसारको काम हुन नसकेको बताउनुभयो । उहाले देशको आर्थिक अवस्था डामाडोल हुदासमेत सरकारले सहिकदम चाल्न नसकेको बताउनुभयो । सरकारका कारण वित्तिय संस्थाहरु जोखिममा रहेको बताउनु भयो । सरकारले आर्थिक मन्दीलाइ समाधान गर्न सहिनिति कार्यक्रम ल्याउन नसकेको उहाको भनाइ थियो ।
सांसद घिमिरेले वर्तमान सरकार जनताको कुरा सुन्ने अवस्थामा नरहेको बताउँदै उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो तर्फबाट सधै आवाज उठाइरहने प्रतिवद्धता जनाउनुभयो । घिमिरेले व्यवसायीक हकहितका लागि प्रतिष्पर्धाबाट आएको संघको नेतृत्वलाई सधै कटिवद्ध भएर काम गर्न सुझाव दिँदै निर्वाचनको परिणामलाई नेतृत्व चयनको एक विधिका रुपमा लिन आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउँदै व्यवसायिक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता गर्नुभयो । उहाले बुटवल उपमहानगरपालिका र व्यापार संघ व्यवसायिक हितका लागि एक भएर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको नेतृत्व चयनका क्रममा भएका गतिविधिले संस्थालाई मजबुत बनाउन मद्दत गरेको बताउँदै संघको हित विपरित कुनै गतिविधि हुन नदिन सबै लाग्नु पर्ने धारणा राख्नुभयो । उहाले संघलाई यहासम्म ल्याइपुर्याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिवद्ध रहने बताउनुभयो । संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्तगर्दै प्रजातान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन भएकोहुँदा संस्थाको गरिमा र प्रतिष्ठामा आच नआउने गरि कामगर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले आफू मन, वचन र कर्मले अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्तगर्दै संघको गरिमालाई उचाईमा पुर्याउन सबैलाई सहमति र सहकार्यमाजोड दिए । उहाले निर्वाचनका दौरानमा पक्ष र विपक्ष भएको भएपनि आगामी दिनमा त्यसलाई विर्सेर संस्था र व्यवसायीहरुलाई सर्वोपरि ठानी सबै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा अध्यक्षका प्रत्यासी तथा निबर्तमान बरिष्ठ उउाध्यक्ष डिल्लीराज भण्डारीले निर्बाचनको प्रक्रियामा बहाल वाल अध्यक्ष र संस्थापक अध्यक्षबाट भएका गतिविधिले आप्नो मन दुखाएको गुनासो ब्यक्त गर्नुभयो । उहाले संस्थाको हितमा सुरुदेखिनै लागेको र आगामि दिनमा पनि कमि नहुने बताउनुभयो । कार्यक्रमको पहिलो सत्र निवर्तमा महासचिव दयानिधि भण्डारी र दोस्रो सत्र निर्वाचित महासचिव फर्सुराम पन्थले गर्नु भएको थियो ।