राष्ट्रियसभा सदस्यको मतगणना जारी

बुटवल माघ ११ -राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार रिक्त १९ सदस्यकालागि निर्वाचन भएको हो ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भएको थियो।

मतमरिणाम समेत आजै आउने निर्वाचन आयोगले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.