काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अनुपस्थित भएका छन् ।
बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा बालेनसहित ५ जना मतदाता अनुपस्थित भएका हुन् ।
बागमती प्रदेश सभातर्फ हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्की अनुपस्थित भए ।
यसैगरी कोशी प्रेदशबाट हर्कसहित ३ जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा अनुपस्थित रहे ।
मोरङको ग्रामथाङ गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह पनि मतदानमा सहभागी भएनन्।
मतदानको लागि निर्धारित समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको थियो ।