देवदहमा प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० शुरु

 

रुपन्देहीको देवदहमा अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्नुभयो ।


देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको व्यवस्थापनमा अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० शुरु भएको हो । प्रतियोगितामा देवदह क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत गरी २५ विद्यालयहरुको सहभागिता रहेको देवदह माविका प्राचार्य हरिप्रसाद पाण्डेले जानाकारी दिनुभयो ।


प्रतियोगितामा छात्र/छात्रा भलिवल, छात्र/छात्रा कवड्डी, रिले दौड, कराँते लगायतका विधामा प्रतिस्पर्धा हुने पनि प्रार्चाय पाण्डेले जानाकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न टेवा पुग्ने बताउनुभयो । उहाले खेलाडीहरु राष्ट्रिय गहना भएकोले खेलाडीको संरक्षण वृद्धि विकास संगै प्रोत्साहन गर्न स्थानीय तहले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
उहाले विद्यार्थीहरुमा रहेको प्रतिभा पहिचान गरेर उनीहरुलाई अगाडि बढउनको लागि स्थानीय तहले खेलकुद पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।


देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले खेलकूदकोृ विकासमा नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । उहाले शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संग पनि जोडेर लैजाने प्रयास नगरपालिकाले गरीरहेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर खेलकुद विकास समितिका अध्यक्ष कमल पाण्डे, देवदहमाविका अध्यक्ष सुरज खरेल,सशस्त्र प्रहरी वलका बाहिनीपति दिपककुमार थापा इन्दिरा अर्यालले लगायतले बोल्दै खेलकुदको विकासले विद्यार्थीको सर्वाङ्गिण विकासहुने बताउनुभयो । कार्यक्रममा सहभागि विद्यालयले विभिन्न झाकि सहित मार्चपास प्रस्तुत गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.