गार्गी एकेडेमीमा बुक फेस्टिबल

 

बुटवल । बुटवल-११ देवीनगरमा रहेको गार्गी एकेडेमीले संयुक्त रूपमा फुड फेस्टिबल र बुक फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीमा व्यवहारिक सिप विकास गर्न र पठन सस्कृतिको विकास तथा विधार्थि हरुले बढ्दो मोवाइल प्रयोगलाइ कमगर्न खाना महोत्सव र बुक प्रदर्शनी आयोजना गरिएको विद्यालयका प्राचार्य भुवन अधिकारीले बताउनुभयो ।

प्राचार्य अधिकारीले विद्यार्थी पढदै कमाउँदै गर्न सकुन र दैनिक आबस्यकताको काम विद्यार्थीले गर्नसकुन भनेर खाना महोत्सवलाई प्रोत्साहित गरिएको जानकारी दिनुभयो । अभिभावक हरुले पनि विधालयले गरेको नमुना कार्यको खुलेर प्रससां गरेका थिय ।

सो अवसरमा विद्यार्थीले विभिन्न परम्परागत परिकारहरु पस्केर आफ्ना अभिभावक, शिक्षक र विद्यार्थीलाई विक्री गरेका थिए । यसले बिक्रि बितरण प्रयोगात्मक अभ्यासले उनिहरुमा अध्यनमा सहयोग पुग्नुका साथै हरेक काम गर्न आत्मबल पुरायको विधालयका अध्यक्ष रणबहादुर थापाले बताउनु भयो । फुड फेस्टिबलको सबै सामानहरु जुटाउने देखि पकाउने काम विद्यार्थी आफैले गरेका थिए ।

फुड फेस्टिबलमा कक्षा ६ देखि १० सम्मका ७५० जना विद्यार्थी सहभागी रहेको प्राचार्य अधिकारीले बताउनुभयो । ‘पछिल्लो समय बालबालिका मोबाइलको लत बसेको भन्दै प्राचार्य अधिकारीले ‘त्यसबाट विद्यार्थीहरुलाई टाढै राख्नको लागि हामीले पुस्तक पढने बानीको विकास गर्न पुस्तक पढ्ने बानिको बिकास गर्न पुस्तक प्रर्दशनिको आयोजना गरीएको उहाले बताउनु भयो ।

सोही अवसरमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको थियो । २०६८ सालमा स्थापित विद्यालयमा अहिले १ हजार ९७२ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.