अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा

बुटवल । नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा पुगेको छ । अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको हो ।

तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा नेपालले जितको लागि १४६ रनको लक्ष्य ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको छ।

सातौं विकेटको रुपमा आउट हुनुअघि कप्तान देव खनालले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे।

त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भयो।

खेलमा उत्कृष्ट बलिङ गरेका नेपालका आकाश चन्दले  ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए।

अब सुपर-६ मा नेपालले समूह ‘ए’ का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।  समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.