देवदहमा राष्ट्रपति कप रनिङ्ग शिल्ड उद्घाटन खेलका विभिन्न प्रतियोगिता सम्पन्न

 

बुटवल माघ १३
रुपन्देहीको देवदहमा अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता उद्घाटन खेलमा विभिन्न प्रतियोगिता सम्पन्न भएका छन । खेल अन्तर्गत १५ सय मिटर छात्रा तर्फ भएको दौडमा जनप्रिय माविका उषा दर्लामी प्रथम, देवदह बुद्ध पव्लिकका अमृता हमाल द्वितिय, प्रगति माविका सपना नेपाली तृतीय र ज्ञान ज्योति माविका मिना तामाङ्ग सान्त्वना स्थान प्रप्त गरका छन । यसैगरी छात्र तर्फको सोही खेलमा नारायणी पव्लिक स्कुलका शान्तराम परवान प्रथम, देवदह माविका सुभाष बराल द्वितिय, केरवानी माविका सविन घर्ती तृतीय र जनप्रिय माविका अभिषेक फाल सान्त्वना स्थान प्रप्तगरेको आयोजक कमिटिका सदस्य सचिव तथा देबदह माविका प्रार्चाय हरीप्रसाद पाण्डेले जानाकारी दिनुभयो ।
यसैगरी प्रतियोगिता अन्तर्गत छात्रा तर्फ भएको सटफुट खेलमा न्यू नमुना स्कुलका प्रिंशा सिंजाली प्रथम, सगरमाथा स्कुलका कृष्टि पौडेल द्वितीय, जनप्रिय माविका खिमा खत्री तृतीय र सेभेन स्टार स्कुलका मेनुका चौधरी सान्त्वना भएका छन् । छात्र तर्फ भएको सोही खेलमा देवदह बुद्ध पव्लिक स्कुलका रविस सुनार प्रथम, सेभेनस्टार स्कुलका सुमन गुरुङ्ग द्वितिय, केरवानी माविका सुजन पटेल तृतीय र सगरमाथा आवासी माविका दिव्सन ठकुरी सान्त्वना स्थान प्राप्त गरेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.