पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीको अध्यक्षमा प्रदिप भण्डारी

बुटवल । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा अर्घाखाँचीको सातौं जिल्ला अधिवेशनबाट प्रदिप भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
जिल्ला शाखाको अधिवेशनले प्रथम उपाध्यक्षमा ताराप्रसाद घिमिरे र द्वितिय उपाध्यक्षमा लेखनाथ भण्डारीलाई चयन गरेको छ ।
यसैगरी सचिवमा दामोदर बञ्जाडे, सह सचिव लक्ष्मण खड्का, कोषाध्यक्ष विनोद गैरे,सह कोषाध्यक्ष रामु खत्री रहनुभएको छ ।
यस्तै सदस्यहरुमा जीवन श्रेष्ठ,काशाीराम गैरे,गरिमा पोख्रेल, ईन्द्रमणी बञ्जाडे र लेखा समिति संयोजकमा रामलाल भुसाल चयन हुनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.