नेपाल पुस्तक स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगरको अध्यक्षमा रामप्रसाद भुसाल

 

स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगरको अध्यक्षमा रामप्रसाद भुसाल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगर को भेला तथा तेस्रो अधिवेशनले राम प्रसाद भुसालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अस्मिता कापm्ले घिमिरे सचिवमा सरोज खनाल कोषध्यक्षमा अर्जुन बस्याल रहनु भएकोे छ।

त्यसैगरी कार्यसमितिको सदस्य हरुमा थ्रिलाल भट्टराइ,पुष्पा भण्डारी,गोकुल पन्थ बिष्णु प्रसाद ज्ञवाली भोजराज अधिकारी विराज पोख्रेल,गोविन्द ज्ञवालि अमित अर्याल साहाश शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत हेमानन्द शमाले जानाकारी दिनुभयो । निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रमम सम्पन्न भएको छ । कार्यक्रममा नयानिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी सदस्यहरुलाइ निर्वाचन अधिकृत हेमानन्द शर्माले संस्थाको विधान अनुशार सपथ ग्रहण गराउनु भएको थियो । निर्वतमान अध्यक्ष बोधराज शर्माले नव निर्बाचित अध्यक्ष रामप्रसाद भुसाललाइ पदस्थापना गराउनु भएको हो । तेसैगरी निर्वतमान सचिव राजु भारीले नवनिर्वाचित सचिव सरोज खनाल लाइ माईन्युट हस्तान्तरण गनुभएको थियो । कार्यक्रममा पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंका केन्द्रीय सदस्य गणपति पाण्डे,महासंघ का निवर्तमा जिल्ला अध्यक्ष रामकृष्ण चापागाइ, निर्वाचन अधिकृत हेमानन्द हर्मा,जिल्ला उपाध्यक्ष तथा निवर्तमान नगर अध्यक्ष बोधराज शर्मा,महासंघ जिल्ला सचिव बालकृष्ण भण्डारी, पत्रकार केशव भण्डारी दिपेन्द्र जिसि राजु भारी लगायतले बोल्दै ब्यवसायिका हकअधिकार संगै ब्यवसायिक कर्तव्य पालना गरेर अगाडि बढ्न आग्रह गरेका थिय । कार्यक्रमा नवनिर्वाचित अध्यक्ष राम प्रसाद भुसालले समितिले ब्यवसाहिका हकहित र सामाजिक दाईत्वलाइ सिरोर्धाय गरेर अगाडि बढ्ने बताउनु भयो । कार्यक्रम नवनिर्बाचित सचिव सरोज खनालको संचालन उपाध्यक्ष अस्मिता काफ्लेको स्वागतमा सम्पन्न भएको थियो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.