प्रथम राष्ट्रपति कप रनिङ शिल्डको उपाधि देवदह मावि लाई

 

बुटवल ,
देवदह नगरपालिकाको अन्र्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ शिल्डको उपाधि व्यवस्थापक विद्यालय ,देवदह माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।
देवदह नगरपालिकाको आयोजना र देवदह मा.वि को व्यवस्थापनमा भएको भएको प्रतियोगिताको खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवदहले जितेको प्रार्चाय हरीप्रसाद पाण्डेले जानकारी दिनुभयोे ।
माघ १२ गतेदेखि देवदह मा.वि को प्राङ्गणमा सञ्चालित प्रतियोगितामा सबैभन्दा बढी १२ स्वणर्, ४ रजत र ३ कास्य पदक सहित देवदह माध्यमिक विद्यालयले प्रथम राष्ट्रपति कप रनिङ शिल्डको उपाधि प्राप्त गरेर पहिलो भएको हो ।
त्यसैगरी ३ स्वणर्, ६ रजत र २ कास्य पदक प्राप्त गरेको सगरमाथा आवासिय माध्यमिक विद्यालय दोश्रो भएको छ भने ३ स्वणर्, ५ रजत र ६ कास्य सहित केरवानी माध्यमिक विद्यालय तेस्रो भएको प्रतियोगिताका देवदहमाविका प्रार्चाय पाण्डेले जानकारी दिनुभयो । रनिङ शिल्ड उचालेको देवदह माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ ।


उपाधि बिजेता विद्यालय र उत्कृष्ट भएका खेलाडी (विद्यार्थी)लाई कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । खेलमार्फत विद्यार्थीको क्षमता वृद्धि गर्न, विद्यार्थीहरु लाई शारीरिक रुपमा तन्दुरुस्त बनाउन तथा आगामी दिनमा क्षमतावान खेलाडी उत्पादन गर्न यस प्रतियोगिताले महत्त्वपूणर् भुमिका खेल्ने उहाले बताउनुभयो ।
कार्यक्रम देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षता, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग नगर शिक्षा अधिकृत प्रशुराम ढकाल, देवदह मा.विका अध्यक्ष सुरज खरेल प्रर्चाय हरीप्रसाद पाण्डे लगायतले बोल्दै विधालय स्तरमा हुने यसप्रकारका खेलकुद कार्यक्रमले खेलाडिको सर्वाङ्गण विकासमा टेवापुग्ने बताउनुभयो । इन्दिरा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.