अब टियूको प्रमाणपत्र लिन घरबाटै अनलाइन आवेदन दिन सकिने

काठमाडौ । अब त्रिविबाट परीक्षासम्वन्धी सेवा अनलाईनबाटै लिन सकिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको हो । टियूका विद्यार्थीले परीक्षाका सबैखाले प्रमाणपत्र लिन घरबाटै आवेदन गर्नसक्ने छन् ।

निर्णय भएको २ वर्षपछि कार्यान्वयनमा आएको अनलाईन प्रणाली अनुसार अब विद्यार्थीले tuexam.edu.np लग इन गरी सेवा लिन पाउनेछन् । त्यसका लागि त्रिविले तोकेको प्रमाण संलग्न गरेर नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिए बमोजिमको शुल्क तिरेर निवेदन दिनुपर्नेछ ।

निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् ।

अब विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग जस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्ने त्रिविका निमित्त उपकुलपति शिवलाल भुसालले जानकारी दिए । उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान सुरु भएको पनि बताए

यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.