एकीकृत समाजवादी केन्द्रीय कमिटीको संख्या अब एक सय ९९ मात्रै

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशन र अधिवेशनका सबै प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ ।

काठमाडौैमा भएको एकीकृत समाजवादीको दोश्रो केन्द्रीय परिषद बैठकले विधान संशोधन सम्बन्धी महत्वपूर्ण निर्णयहरु गर्दै महाधिवेशन र अधिवेशनका प्रतिनिधि आयोजक स्वत: हुने व्यवस्थालाई संशोधन गर्दै सम्पूर्ण प्रतिनिधिहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने निर्णय गरेको हो।

परिषद बैठकले विधान संशोधनमा केन्द्र र सबै तहका कमिटीका पदाधिकारी र सदस्यहरुको संख्या घटाएर चुस्त र ब्यवस्थित गर्ने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री समेत रहेका पार्टी नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

अब एकीकृत समाजवादी केन्द्रीय कमिटीको संख्या १९९ हुनेछ । यस्तै केन्द्रीय पदाधिकारीको संख्या १९, प्रदेश कमिटीको संख्या ७५ देखि ९९, जिल्ला कमिटीको संख्या ५५ देखि ८५, प्रदेश र जिल्ला पदाधिकारी संख्या ७  मात्रै रहनेंछ ।

यसैगरी पालिका कमिटी संख्या ५ वडासम्म ४५ र त्यसभन्दा बढी एक वडा बराबर २/२ जना थप हुने, वडा कमिटी बढीमा ३५ जनासम्म, स्थानीय पदाधिकारी संख्या ५ हुने व्यवस्था पनि एकीकृत समाजवादीले गरेको छ ।

संशोधित विधानमा सबै तहका कमिटीका पदाधिकारीहरु महाधिवेशन र अधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्यसरी नै संगठनात्मक संरचनाको हकमा सर्वोच्च निकाय महाधिवेशनपछि केन्द्रीय कमिटी रहने, केन्द्रीय कमिटीभित्र केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहने छन्।

हरेक तहका कमिटीहरुमा ४० वर्षसम्मका युवाहरुको सहभागिता २० प्रतिशत अनिवार्य गर्ने र सबै कमिटीहरु ३३ प्रतिशत  महिलासहित समावेशी हुने ब्यबस्था गरिएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.