स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान


बुटवल ।प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना
गर्न लागेको मैत्रीपूर्ण फूटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ
। प्रेस चौतारी रुपन्देहीले यही माघ २० गते रुपन्देहीमा क्रियाशिल व्यावसायिक
र सामाजिक संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता र २२ गते रक्तदान
कार्यक्रम गर्दै छ ।

पत्रकार हकहित र अधिकारसंगै सामाजिक कार्यमा अग्रसर रहेको संस्थाको केन्द्रीय
सर्कुलर अनुसार शाखामा आफ्नो स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गर्न
लागिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । स्थापना
दिवसको अवसर पारेर ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा फुटसल प्रतियोगिता,
रक्तदान र डिजिटिल मिडिया सम्बन्धी पत्रकारहरुलाई तालिम गर्ने तय भएको
अध्यक्ष पौडेलले बताए । पत्रकार हकहितसंगै दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ २
दिने डिजिटल मिडिया सम्बन्धी तालिम गर्न लागिएको कार्यक्रम संयोजक
उपाध्यक्ष बीपी गौतमले बताए ।

कार्यक्रम भब्य र सभ्य ढंगबाट सम्पन्न गर्न उपसमिति बनाएर जिम्मेवारीसहित
तयारी भैरहेको उनले बताए । रुपन्देहीमा रहेका ब्यावसायीक, सामाजिक
संघसंस्थाहरु बिच खेलमार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ माघ २० र २१ गते
(दुई दिन) मैत्रीपुर्ण फुटसल प्रतियोगिताको तयारी पुरा भएको संयोजक
दिनेश श्रेष्ठले बताए । प्रतियोगितामा विहिबारसम्म २ दर्जन बढी संघसंस्थाहरुको
नाम दर्ता भएको उनले बताए ।

यसैगरी स्थापनाको मुख्य दिन माघ २२ गते नेपाल रेडक्रस सोसाईटी,
रक्तसंचार केन्द्र बुटवलमा विशेष रक्तदान कार्यक्रमको आवश्यक तयारी पूरा
गरेको संयोजक स्वस्तिक श्रेष्ठले बताए । ब्लड बैकमा विभिन्न ब्लड ग्रुपको
अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको
उनले बताए ।
रुपन्देहीमा संस्थाबाट हरेक वर्ष रक्तदानको अभियानलाई निरन्तरता दिदै
आएको उपाध्यक्ष भगवती पाण्डेले बताईन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.