विराटनगर । लामो समयसम्म खिचातानी र दलीय दाउपेचका बीच काेशीका मुख्यमन्त्री केदार कार्कीले दाेस्राे पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदिप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्याेग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादी केन्द्रका नारायणबहादुर बुर्जामगरलाई नियुक्त गरेका हुन् ।
कांग्रेसबाट आर्थिक मामिला तथा याेजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङलाई नियुक्त गरिएको छ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भाैतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भैसकेका छन् । अब मन्त्रिपरिषद् दश सदस्यीय बनेको छ।