कांग्रेसले बनायो प्रचार र स्वयंसेवक परिचालन उपसमिति

काठमाडौ । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउनभन्दै विभिन्न उपसमिति गठन गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित “प्रचार प्रसार उपसमिति” मा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल र जगत प्रजापति सदस्य रहनु भएको छ ।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा गठित “स्वयंसेवक परिचालन उपसमिति” मा नेपाल महिला संघ, केन्द्रीय तदर्थ कार्यसमिति अध्यक्ष उषा राउत मिश्र, नेपाल तरूण दल, केन्द्रीय तदर्थ कार्यसमिति अध्यक्ष विद्धान गुरुङ सदस्य हुनुहुन्छ ।

नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ कार्यसमिति अध्यक्ष दुजाङ शेर्पा, नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमिति अध्यक्ष मेघराज टण्डन र  नेपाल लोकतान्त्रिक खेलकूद संघ, केन्द्रीय तदर्थ कार्यसमिति अध्यक्ष देवेन्द्रकुमार शेरचन सदस्य रहनु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.