फागुन ४ र ५ गते एघारौँ दीप गायन तारा हुने,रुपन्देहीका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुन पाउने

 

माघ-२७, बुटवल ।

बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ ।
विद्यालयले पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते रुपन्देही क्षेत्रभित्रका माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरेको जनाएको छ ।


कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रतियोगितामा सहभागिताका लागि १६६ वटा विद्यालयमा पत्राचार गरिएको र सामाजिक सञ्जाल तथा पत्रपत्रिका, रेडियो एवम् अनलाइन पत्रिकामार्फत् रुपन्देहीका विद्यालयहरूलाई सूचना सम्प्रेषित गरिएको बताउनुभयो । प्रतियोगितामा ५५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा रहेको प्रर्चाय न्यौपानेले बताउनुभयो । प्रर्चाय न्यौपानेले विधार्थिको प्रतिभा पहिचानमा दिपगायन ताराले महत्वपुणर् भुमिका खेलेको बताउदै आगामि दिनमा यसलाइ प्रदेश स्तरको प्रतियोगिता बनाउने सोच विधालयले राखेको पनि बताउनुभयो । उहाले विधालयले आप्ना विधार्थि हरुको प्रतिभा पहिचानका लागि विभिन्न रचनात्मक गतिविधि संचालन गरीरहेको पनि बताउनु भयो ।

 

त्यसैगरी दीप गायन तारा प्रतियोगिताको एघारौँ संस्करणका संयोजक बालकृष्ण पाठकले उपस्थित पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै दीप गायन तारा प्रतियोगिताका गतिविधिलाई छापा, मिडिया तथा अनलाइन पत्रिकामार्फत् समाचार प्रकाशन तथा प्रसारण गरिदिनु हुन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा अध्यक्षता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले दीप बोर्डिङले गरीरहेको दिप गाएन तारा प्रभावकारी भएको भन्दै यस प्रकारका कार्यक्रम सवै विधालयले गर्नुपर्ने बताउनुभयो ।
प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई/दुई हजारका साथ सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.समिति सदस्य वसन्तकुमार जोशी, कार्यक्रम सहसंयोजक श्याम बस्याल, प्रचारप्रसार उपसमिति संयोजक दिपकचन्द्र भुसाल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमकोे सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रम मूल आयोजक समितिका सदस्यहरू कृष्ण भुसाल, विजया थापा, विजय सापकोटा, रेखा आचार्य, विन्देश्वर शाह लगायतले सहजीकरण गर्नुभएको थियो ।

यस प्रतियोगितामा हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विवेक पङ्गेनी गरी जम्मा १० जना प्रतियोगी विद्यार्थी दीप गायन तारा बनेका छन्् भने यस प्रतियोगिताका कतिपय विजेताहरूले हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा ख्याति कमाएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.