नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायि संघ लुम्विनि प्रदेशको पदस्थापन

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायि संघ लुम्विनि प्रदेश को तेस्रो अधिबेशन बाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निबर्तमान अध्यक्ष भैरब बहादुर रावलले निर्वाचित अध्यक्ष हेमानन्द शर्मालाइ पदस्थापन गराउनु भएको हो ।

कार्यक्रममा कोषाध्यक्ष रामु अधिकारीले निर्वाचित कोषाध्यक्ष नेत्र प्रसाद भुसालेलाइ चेक तथा कोषध्यक्षको माइन्युट हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा निर्वाचित कार्यसमितिलाइ निर्वाचन समितिका अधिकृत अधिवक्ता दामोदर घिमिर र रामकृष्ण चापागाइले प्रमाण पत्र समेत वितरण गर्नुभएको थियो । कार्यक्रमा बोल्दै प्रमुख अथिति लुम्विनि प्रदेशका सांसद तथा पुर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले देशमा बढेको आर्थिक मन्दीलाइ कसरी सामाना गर्ने सवैमिलेर सोच्नु पर्ने बेलाआएको बताउनु भयो । अहिलेको सरकारका कारण अराजकता र भष्ट्रचार बढेको पनि उहाले बताउनु भयो ।

सांसद पन्थिले पुस्तक तथा स्टेशनरी ब्यवसाय आफैमा बौद्धिक ब्यवसाय भएकाले इमान्दार भएर ब्यवसाय गर्दा यो ब्यवसाय प्रतिको सन्देश राम्रो जाने बताउदै प्रदेश सरकारबाट हुनसक्ने सहयोगकालागि आफुले पहलगर्ने बताउनु भयो । कार्यक्रममा मा पुस्तक तथा स्टेशनरी ब्यवसायी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे ले ब्यवसायिका हकहितका अलावा समाजिक कार्यलाइ संघसगै अगाडी बढाइएको बताउनु भयो ।

उहाले आगामि फगुनमा हुनलागेको केन्द्रीय महाधिबेशनमा लुम्विनि प्रदेशबाट सक्रिय सहभागिता जनाउन समेत सवैलाइ आग्रह गर्नु भयो ।  कार्यक्रममा पुर्व केन्द्रीय अध्यक्ष तथा बुटवल उधोग बाणिज्यसंघका अध्यक्ष हरी प्रसाद अर्यालले ब्यवसायी हरु एकअर्कामा सहयोगिको भावना राखेर ब्यवसायीक मुल्यमान्यतामा चल्नुपर्ने बताउनु भयो ।

कार्यक्रमा निवर्तमान लुम्विनि प्रदेश अध्यक्ष भैरव बहादुर रावल ले ब्यवसायिक एकता र सद्भावका साथ अगाडि बढ्नुपर्ने बताउनु भयो ।  कार्यक्रममा नवनिर्बाचित अध्यक्ष हेमानन्द शर्माले संस्थालाइ सवैको सहयोगमा अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो । सो अवसरमा स्वागत मन्तव्य राख्दै रुपन्देहीका अध्यक्ष गोपाल बस्यालले पुस्तक तथा स्टेशनरी ब्यवसायि संघ रुपन्देहिले निर्माण गरेको राजेन्द्र स्मृति पुस्कालय भवनमा धेरैकाम गर्न बाकि रहेको बताउदै लुम्विनि प्रदेश कमिटि बाट सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

कार्यक्रम उपाध्यक्ष केशव श्रीसको संचालन भैरव बहादुर रावलको अध्यक्षता सम्पन्न कार्यक्रमा सालिकराम सुवेदिको धन्यबाट मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहभागि प्रदेश कमिटि र केन्द्रीय कमिटिका पदाधिकारी र सदस्य हरुलाइ पुस्तक तथा स्टेशनरी ब्यवसायि रुपन्देहि जिल्लाकमिटी र सृजनशिल सहकारीले डाइरी तथा मायाको चिनो प्रदान गरेर स्वागत गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.