महाविर इङ्गलिस बोडिङ स्कुल बुटबल १ ले आप्नो २८औ बार्षिकोत्सव तथा अभिवाभक दिवस मनाएको छ । विधालयले आप्नो २८औ बार्षिक दिवस तथा सरस्वतिपुजा को अवसर पारेर विधालयमा शैक्षिक गतिबिधि र विधालयमा अतिरिक्त क्रियाकलावमा उत्कृष्ठ हुने २५० भन्दा बढी बिधार्थि हरुलाइ पुरस्कार सहित सम्मान गरेको छ । सोहि कार्यक्रको अवसरमा पुर्व शिक्षक शिव खनाल,र विधालयमा लामो समय देखि अध्यापन गराइ रहनु भएका शिक्षकहरु चुडामणि ज्ञवाली, देविकला ज्ञवाली,अनिस खनाल,सुस्मा रानालाइ सम्मानित गरीएको थियो ।
कार्यक्रमा बोल्दै प्रमुख अथिति बुटवल उपमहानगर पालिका एक का वडा अध्यक्ष नरेन्द्र बस्नेत ले महाविर इङ्गलिस बोडिङ स्कुल बुटवल एकको पुरानो शैक्षिक संस्था भएकाले स्थानिय तहमा शिक्षमा महत्वपुणर् योगदान रहेको बताउनु भयो । वडाध्यक्ष बस्नेतले महाविर पुस्तकालयको विकासमा यस बिधालयको योगदान रहेको पनि बताउनु भयो । कार्यक्रमा विधालयका अध्यक्ष तथा सस्थापक प्रार्चाय बावुराम पौडेलले,विधालयले बिधार्थिको शैक्षिक विकासका का अलावा अतिरिक्त्त क्रियाक्लावमा समेत ध्यान दिदै आइरहेको बताउनु भयो ।
अध्यक्ष पौडेलले विधालयले विधार्थिको सर्वाङ्गीण विकासमा ध्यान दिदै आएको बताउदै अविभाकले पनि आप्ना बालबालिकाको पढाइ, आनिबानि ख्याल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा विधालयका सल्लाकार तथा महाविर पुस्तकालयका अध्यक्ष महेन्द्र कुमार राज भण्डारीले बिधालयको बिकास र बिधार्थिको पढाइ अब्वल बनाउन सवै पक्षको सहयोग आवस्यक पर्ने बताउनु भयो । उहाँले अविभावक,बिधार्थी, शिक्षक,विधालयको ब्यवस्थापनको महत्वपुणर् योगदानले बिधार्थीको पढाइ अब्वल बनाउन सकिने बताउनु भयो ।
कार्यक्रममा विधालयका प्रार्चाय बिष्णु प्रसाद पौडेलले बिधालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिधालयले आप्नै भवन निर्माणको तयारी गरीरहेको बताउनुभयो । कार्यक्रममा विधालयका विधार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिय । कार्यक्रम विधालयका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षता,शिक्षक अनिस खनालको स्वागत, शिक्षिका कमला ज्ञवालिको संचालनमा भएको कार्यक्रममा अविभावक शिव खनाल,बिधार्थी एन्जिला भुसालले मन्तव्य राख्नुभएको थियो ।