राष्ट्रिय नृत्य दिवस २०८० तयारी पुरा ,लुम्विनि प्रदेश बाट दाङको झुमुरा नृत्य र पाल्पाको झेउरे नृत्य को बिषेश प्रस्तुति रहने

 

 

नृत्य निर्देशक संंघ नेपालको आयोजनामा हुन लागेको तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० तयारी पुरा भएको छ । यहि फगुन ६ गते भोलि आइतबार काभ्रेको बनेपामा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो ।

नृत्य दिवसका अवसरमा लुम्विनि प्रदेश बाट कलाकार सहित २० जनाको टोलि बनेपा प्रस्थागरेको लुम्विनि प्रदेशका नृत्य निर्देशकसंघका अध्यक्ष लोकेन्द्र शाहाले जानाकारी दिनुभयो । लुम्विनि प्रदेश बाट दाङको झुमुरा नृत्य र पाल्पाको झेउरे नृत्य को बिषेश प्रस्तुति रहने पनि अध्यक्ष शाहाले जानाकारी दिनुभयो । कार्यक्रममा सातै प्रदेश ७७ जिल्ला, देशै भरबाट नृत्य निर्देशक संघको भाकि सहित सहभागिता रहने बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.