एमाले गुल्मि छत्रकोट रुपन्देहि संम्पर्क मंचले गर्‍यो रक्तदान

 

नेकपा एमाले गुल्मि छत्रकोट रुपन्देहि संम्पर्क मंचले प्रजातन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त्त संचारकेन्द्र बुटवलको प्राविधिक सहयोगमा मंचले गरेको रक्तदानमा ४५युनिट रगत संकलन भएको छ ।

रक्त्तदान कार्यक्रममा बोल्दै नेकपा एमाले छत्रकोट गाउपालिका अध्यक्ष पिताम्वर अर्यालले रक्त्तदान जस्तो महत्व पुणर् काम गरेर सम्पर्क मंचले राम्रोकामको सुरुवात गरेको बताउनु भयो ।

उहाले रक्त्तदान जस्तो पुण्यकाम समाजका सवै ले गर्नुपर्ने बताउदै छत्रकोट गाउपालिकाले आप्ना गाउपालिकाका नागरीकलाइ निशुल्क आवस्यक रगत उपलव्ध गराउने गरी रक्त्त संचारकेन्द्र सग सम्झैता गरेर उदारणिय काम गरेको बताउनु भयो ।

कार्यक्रममा नियमित रक्त्तदाता संघका लेखनाथ भण्डारीले रक्त्तदान कसैकालागि जिवन दान भएको बताउदै हरेक सामजिक संघसंस्था राजनितिक दल सवैले नियमित रक्त्तदान गरे धेरैको जिवन बचाउन सकिने बताउनु भयो । भण्डारीले नेकपा एमाले गुल्मि छत्रकोट रुपन्देहि संम्पर्क मंच ले रक्त्तदान कार्यक्रम गरेर राम्रो सन्देश दिएको बताउनु भयो । कार्यक्रममा सम्पर्क मंचका अध्यक्ष टंकनाथ पाण्डेले नेकपा एमाले गुल्मि छत्रकोट रुपन्देहि मञ्च आप्नाकामलाई प्रभावकारी रुपमा सामाजिक काम अगाडि बढाउन चाहेको बताउनु भयो ।
उहाले हरेक समय आबस्यक पर्ने रगत अभावमा कसैलाइ दुखपाउन नपरोस भन्ने उद्धेश्यका साथ रक्त्तदान गरीएको पनि बताउनु भयो ।
अध्यक्ष पाण्डेले संम्पर्क मंचको नयाँ कार्यसमिति चयन भएपछि पहिलो कामको रुपमा रक्त्तदान जस्तो पुण्यकाम बाट मंचका गतिविधि सुरु गरीएको बताउनु भयो । कार्यक्रम सम्पर्क मंचका सचिव हरीकृष्ण सुवेदिको संचालन,कार्यक्रमका संयोजक भुवन पंथको स्वागतमा भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.