सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा

रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी तीव्र पारेको छ । विद्यालयले स्वणर् महोत्सवको भब्यताका साथ मनाउने गरी तयारी गरीरहेको र तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
वि.स.२०३१ सालमा स्थापना भएको विद्यालयले फागुनलाई जन्म महिनाका रूपमा मनाउने गरी सप्ताहव्यापी कार्यक्रम मनाई रहेकोे विद्यालयले विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले जनाकारी लिनुभयो ।

विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले विद्यालय पछिल्लोसमय बुटवल पश्चिमको उत्कृष्ट विद्यालय बन्न सफल भएको बताउदै विद्यार्थी, अभिभावक र विद्यालय परिवार सवैको साथ र सहयोग बाट विधालय अब्वल सावित हुदै गएको बताउनु भयो । यो बिद्यालय बुटवल पश्चिमकैै आकर्षक र रोजाईको बन्न सफल भएको उल्लेख गदै प्रार्चाय पुरीले आगामि दिनमा विधालयलाई अझै ब्यवस्थित रुपले हरेक विधामा अब्वल बनाउने गरी लागि परेको बताउनु भयो । उहाले फागुन ३ गतेदेखि नै स्वर्ण महोत्सवका कार्यक्रम सुरु भएको जानकारी गराउनुभयो ।

फागुन १४ गते स्वर्ण महोत्सवको समापन गर्ने तयारी भइरहेको प्रधानाध्यापक पुरीले बताउनुभयो । उहाँले स्वर्ण महोत्सवको तयारी तथा स्वणर् महोत्सवलाई सफल पार्न आग्रह गर्नुभयो ।  विद्यालयले फागुन ८ गते देखि ११ गतेसम्म प्रतियोगितात्मक कार्यक्रमहरू भैरहेको छन ।, फागुन १० गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता र जिल्लास्तरीय खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको जनाएको छ ।

यस्तै फागुन १२ गते आन्तरिक नृत्य प्रतियोगिता, फूड फेष्टिबल समुघाटन, चन्दा दाता सम्मान कार्यक्रम, छात्रवृती तथा पुरस्कार वितरण फागुन १३ गते फूड फेष्टिबल, चन्दादाता सम्मान कार्यक्रम गर्ने र फागुन १४ गते मूल समारोह समुदघाटन, स्वणर्स्तम्भ समुदघाटन, नवनिर्मित भवन समुदघाटन, स्वणर् स्मारिका समुदघाटन, पुरस्कार तथा सम्मान कार्यक्रम, उत्कृष्ट विद्यार्थी प्रतिभा प्रस्तुतीकरण र साँझ दीपावली गरेर कार्यक्रम समापन गर्ने तयारी गरेको प्रधानाध्यापक नेत्रलाल पुरीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्यालले सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय पछिल्लोसमय धेरै विद्यार्थीको रोजाई भएको बताउँदै जीणर् अवस्थामा रहेको विद्यालयलाई भौतिक सहित हरेक विधामा उत्कृष्ट बनाउदै लगेको बताउनु भयो ।
वुटवल पश्चिमकै उत्कृष्ट शैक्षिक हवको रुपमा रहेको यस सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयमा हाल २५७५ विद्यार्थी अध्ययनरत रहेका छन् । नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ हुने उक्त विद्यालयले प्लस टु तर्फ विज्ञान विषय सुरु गरेकै वर्ष विज्ञानमा १०० प्रतिशत नतिजा निकाल्न समेत सफल भएको थियो ।
स्वणर् महोत्सव अन्तरगत बेलुन उडाएर खेलकुद प्रतियोगिताको सुरुवात गरिएको हो । जसमा भलिवल, फुटवल, क्रिकेट, बास्केटबल, तातोआलु प्रतियोगिता तथा कुर्सी दौड लगायतका प्रतियोगिता सम्पन्न भएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.