त्रिभुवन युनाइटेडमा फूड फेस्टिबल विद्यार्थीहरुले गरे सात लाख बढीको कारोबार

 

बुटवल, फागुन ११ । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गरेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अर्यालले विद्यार्थीहरुले पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यकतामा जोड दिनुभयो । उहाले यसखालका कार्यक्रमले विद्यार्थीहरुलाइ स्वरोजगारका साथै आत्मनिर्भर बनाउन सहयोग पुग्नुका साथै रुपन्देहिमा खुलेका स्तरीय होटल हरुमा सहजै जागिर पाउन सकिने बताउनु भयो । उपप्रमुख अर्यालले विद्यालयले विद्यार्थीहरुलाइ कालासंस्कृति मा अब्वल बनाएका महसुस आफुलाइ भएको बताउनु भयो ।

राष्ट्रिय परिक्षाबोर्ड लुम्विनि प्रदेश प्रमुख रोमाकान्त तिवारीले यसखालका ब्यवहारीक र प्रयोगात्मक कार्यक्रमले विद्यार्थीहरुलाइ सृजनसिल हुन सहयोग पुग्नुका साथै केहिगर्न सक्छु भन्ने आत्मबल बढ्ने बताउनु भयो । उहाले आफु हरेक कार्यक्रममा पुग्दा त्रिभुवन एकडेमिका विधाथिर्को प्रस्तुति राम्रो पाएको बताउनु भयो ।
कार्यक्रममा उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले खाना महोत्वस आयोजना गरेका विद्यालयका सह प्राचार्य रामचन्द्र बस्यालले जानकारी दिनुभयो । सह-प्राचार्य बस्यालले खानामहोत्सवले विधार्थीहरुलाइ ब्यवहारीक बन्न र ब्यवसायी,स्वरोजगार बन्न समेत प्रेरित गरेको बताउनुभयो । विद्यार्थी दर्जनभन्दा बढी परिकार बनाएर अभिभावक, भूपू विद्यार्थी, शिक्षाप्रेमी र शिक्षकतथा विधालय आसपासका टोलछिमेक हरुलाई विक्री गरेको बनाएको विद्यालयका प्लस टु संयोजक जनकराज भुसालले जानकारी दिनुभयो । विद्यालयमा २०७७ देखि कक्षा ११ र १२ को पठन पाठन सुरु भएको थियो । सो अवसरमा चक्र ब्याण्ड सहितको विभिन्न सांस्कृतिक कार्यक्रम सहित सुरेन्द्र नर्कमीद्धारा लिखित लौ आयो ताजा खवर र जातीय छुवाछुत विरुद्धको नाटक पनि विद्यार्थीले मञ्चन समेत गरिएको विद्यालयका प्लस टु इन्चार्ज गुरुदत्त पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा होटलतथा रेष्टुरेन्ट ब्यवसाहि लेखनाथ भण्डारी,त्रिभुवन एकडेमिका संचालक समितिका अध्यक्ष उमाकान्त बस्याल, अविभावक संघरुपन्देहिका लोकनाथ ज्ञवालि, विधालयका शैक्षिक विभाग प्रमुख भोजराज न्यौपाने ,सिद्धार्थ भिलासाका यचआर म्यानेजर टेकराज भण्डारी लगायतले बोल्दै अहिले पनि होटल ब्यवसायमा सिप युक्त जनसक्त्तिको आभाव रहेको बताउदै विधालयले पढाइका अलावा यसखालका सृजनात्मक र प्रयोगात्मक कार्यक्रम गरेर राम्रो कामको सुरुवात गरेको बताउनु भयो ।


विद्यालय पछिल्लो समय अभिभावकको रोजाइमा पर्नुका साथै यसविधालयमा अध्यनरत विद्यार्थीहरुले सहजै जागिर पाउने र स्वरोजगार बनेको विधालयले जनाएको छ । विद्यालयमा प्लस टु तर्फ ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा विद्यालयका सञ्चालकहरु समेत सहभागी थिए । फुड फेस्टिबलमा विद्यार्थी दर्जनभन्दा बढी परिकार बेचेर सात लाख बढीको कारोबार गरेको प्रचार्य शंकर थापाले जानाकारी दिनुभयो । त्रिभुवन युनाइटेड एकेडेमीका अध्यक्ष उमाकान्त बस्यालको अध्यक्षता ,शैक्षिक विभाग प्रमुख भोजराज न्यौपानेको स्वागत ,सह प्राचार्य रामचन्द्र बस्यालको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.