शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत

‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् ।       आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
बैंकको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा गौतम र कार्कीलाई जनही नगद २५ हजार १ रुपैयाँसहित पुरस्कृत तथा सम्मान गरेको हो ।

त्यस्तै उत्कृष्ट शाखा (ग्रामीण) बाट अर्घाखाँचीको खनदह शाखा प्रमुख सरोज पोखरेल र (शहरी) क्षेत्रबाट काठमाडौं नयाँ बानेश्वर शाखा प्रमुख भुवन ढुंगेललाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.