द सनसाइन स्कुल/ कलेजको २७ औं वार्षिकोत्सव सम्पन्न

 

काठमाडौं । द सनसाइन स्कुल/ कलेजको २७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ।
व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिक्षाका विषयमा भएको संविधानको व्यवस्था सच्याउनु पर्ने बताउनुभयो।
नैतिक शिक्षालाई विद्यालय तहदेखि पढाउनु पर्ने भन्दै उहाँले स्थानीय तहले पाठ्यक्रम निर्धारण गर्ने व्यवस्थालाई सच्याउनु पर्ने बताउनुभयो।

देश विकासमा शिक्षाको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले आफूले इन्जिनियरिङ पढ्दै गर्दा नसकिने ठानेर चार्टर्ड एकाउन्टेन्ट पढ्न खोजेको तर पछि राजनीतिमा जोडिएको प्रसंग पनि बताउनुभयो।
त्यस अवसरमा लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, विद्यालयका अध्यक्ष ध्रुव भण्डारी, विद्यालयका प्रिन्सिपल बाबुराम गौतम लगायतका अन्य वक्ताहरुले एक्काइसौं शताब्दीको माग अनुसारको युग सुहाउँदो शिक्षा प्रदान गर्न विद्यार्थीलाई व्यवहारिक, वैज्ञानिक र नैतिक शिक्षा दिनुपर्ने बताउनुभयो । सहायक प्रिन्सिपल तेजप्रसाद भण्डारीद्वारा संचालित बार्षिकोत्सवका अवसरमा विद्यार्थीले नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा रक्तदान समेत गरिएको थियो।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.