विकासको मामिलामा सबै पार्टी र जनप्रतिनिधिहरू एक हुनुपर्छ , पौडेल

 

पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्ती
सैनामैना । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासको मामिलामा सबै पार्टी र जनप्रतिनिधिहरू एक हुनुपर्ने बताउनु भएको छ । रुपन्देहीको सैनामैना-१ स्थित पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्तीको अवसरमा आयोजित मुलसमारोहलाइ सम्वोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले
विकास कुनै व्यक्ति वा दलका लागि मात्र नभइ सबै नागरिकका लागि हुने भएकाले विकासका मामिलामा जनप्रतिनिधिहरू एक भै काम गर्नुपर्ने बताउनु भयो । उहाले राजनिति चुनावका दिन मात्रै गर्ने हो विकास भनेको सबैका लागि हुने भएकोले विभाजित नभइ एक भएर काम गर्नुभपर्ने उहाको भनाइ थियो ।

उहाले ‘हामी निर्वाचित भइसके पछि पाँच वर्षका लागि जनताका सेवक भएका छौं सोही अनुसर काम गर्नुपर्छ, निर्वाचनका वेला हामीले मेरो पाटी तेरो पार्टी गरौंला तर अहिले पाँच वर्षसम्म हामी हातेमालो गरेर अघि बढौं एक भएर विकासका काम गरौं उहाले भन्नुभयो ।’
पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता समेत गर्नु भयो । उपाध्यक्ष पौडेलले जनताका विकासका अपेक्षा पूरा गर्ने बताउदै रुपन्देहीको विकास नमुनाका रुपमा गरिनुपर्नेमा समेत जोड दिनुभयो । जताततै वेतिथि बढेको र विकासका काम गर्न नसकेको प्रति गठबन्धन सरकारलाई निकम्मा सरकारको संज्ञा समेत दिनुभयो । बुटवल-गोरुसिङ्गे सडक निर्मामा लापरवाही गर्न नहुने भन्दै उहाले सैनामैनाको दिर्घकालिन विकासका लागि आफु् प्रतिवद्ध भएर काम गर्ने समेत बताउनुभयो । सैनामैना पर्रोहा परमेश्वर नमुुना मावि बुटवल पश्चिम क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा नमुना विद्यालयका रुपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै यसको थप प्रगतिका निम्ति आफु लागि पर्ने बताउनु भयो ।
सैनामैनाको नगरपालिकामा शैक्षिक गुणस्तर सुधार भएको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनुभयो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने वातावरण बेनेको उहाको भनाई छ । सैनामैनाको शैक्षिक गुणस्तर कायम गर्नका लागि आगामी दिनमा बजेट विनियोजनमा प्राथमिकता दिईने समेत उनले प्रतिवद्धता जनाउनुभयो ।


विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी, अभिभावक तथा विभिन्न राजनितिक दल, संघसंस्था, समाजसेवी चन्दादाताहरुको भूमिका महत्वपुणर् रहेको विद्यालय व्यवास्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले बताउनुभयो । विद्यालयको स्थापनाकाल देखि अहिले सम्मका गतिविधिका बारेमा र भावि योजनाका बारेमा विद्यालयका प्राचार्य नेत्रलाल पुरीले जानकारी दिदै आगामि योजना समेत सुनाउनु भयो । उहाले विगतको तुलनामा धेरै उन्नति प्रगति भए पनि अझै भैतिक संरचना अभाव रहेको र शिक्षक दरवन्दि कम भएको बताउनु भयो । विद्यालय लाइ सहयोग गर्ने विभिन्न व्यक्त्ति लाइ सम्मान गरीएको थियो । त्यसैगरी स्वणर् जयन्तिका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट हुनेहरु लाइ पनि पुरस्कृत गरीएको थियो ।
विद्यालयले सैनामैना नगरपालिकाको शैक्षिक गुुणस्तर सुधार अडिटमा विभिन्न पुरस्कार जित्दै आएको छ । हाल विद्यालयमा विद्यार्थीहरुको संख्या २५०८ रहेको छ । विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाई हुने गरेको र प्लस टु तर्फ विज्ञान विषय पनि सञ्चालन गरिएको छ । वि.सं. २०३१ सालमा स्थापना भएको विद्यालयले आफ्नो ५० औं वर्ष पुरा गरेको उपलक्ष्यमा स्वणर् जयन्ती मनाएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.