पश्चिम कालिकानगर खानेपानि उपभोक्त्ता तथा सरसफाइ संस्था को चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न

बुटवल
पश्चिम कालिकानगर खानेपानि उपभोक्त्ता तथा सरसफाइ संस्था बुटवल ११को चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्ने बक्ताहरुले भुमिगत पानिको श्रोत सुक्दै गएकाले जमिनमा पानिको रिचार्जको ब्यवस्था गर्न सवैको चासो जानुपर्ने बताएका छन । कुनैबेला तिनाउ खोला स्रोह छत्तीस कुलेको पानि खानु पर्ने बाध्यता रहेको कालिका नगरका जनता लाई पश्चिम कालिकानगर खानेपानि उपभोक्त्ता तथा सरसफाइ संस्थाले छोटो समयमै सुद्ध खानेपानिको ब्यवस्था गरेको बक्त्ता हरुले बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले आप्नैकार्यकालमा बुटवलका सवै जनतालाइ सुद्ध खानेपानि पु-याउने बताउनु भयो । नगर प्रमुख पाण्डेले बुटवलको विकासका निम्ति आफुलागि परेको बताउनु भयो । कार्यक्रमा बुटवल उपमहानगर पालिका उप प्रमुख सावित्रा देवि अर्यालले पश्चिम कालिकानगर खानेपनि तथा सरसफाइ संस्थाले निकैमिहनत गरेर यसक्षेत्रका जनतालाइ खाने पनि खुवाएको भन्दै संस्थाको प्रसंसा गनुभयो । उहाले बुटवल नगरपालिका यसको उच्च मुल्याकन गरेको पनि उहाले वताउनु भयो ।

कार्यक्रममा वडा ध्यक्ष रामचन्द्र क्षेत्रि समाज सेवि होमवहादुर गलामि,इन्जिनियर नन्दलाल बन्जाडे, इन्जिनियर होम बहादुर एसि मेघराज न्यौपाने मोतिलाल पाण्डे भरत पाठक ,लगायतले बोल्दै खानेपानि का मुहान हरु भुमिगत जलको श्रोत सुग्दै गएकाले सन्ततीका लागि भएपनि रिचार्जको ब्यवस्था गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा खानेपनि उपभोक्त्ताका घरमा रहनु भएका तिनदर्जन बढी जेष्ठ नागरीक हरुलाइ नगद सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो । तस्तै उपभोक्त्ताका घरका दुइ जना पिएचडि डाक्टर, तिनजना इन्जीनियर हरुलाइ समेत सम्मान गरीएको थियो । तेसै गरी संस्थालाइ जग्गा प्रदान गर्ने पानि टंकि निर्माणमा हरेक तरहले सहयोग गर्ने सहयोग दाता चन्दादातालाइ र कर्मचारीलाइ पनि सम्मान गरीएको थियो । कार्यक्रममा अध्यक्ष खक प्रसाद पुन ले संस्थाको बार्षि प्रगति प्रतिबेदन र कोषाध्यक्ष श्यामबहादुर पुनले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष पारसमणि भण्डारीको स्वागत सचिव लक्ष्मी न्यौपाने गौतम को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.