नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीको खुल्ला रक्तदान सम्पन्न

 

नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज-दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, कर्मचारी संगठनका केन्द्रीय सचिव विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यता, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सचिवला सदस्य काशीराम आचार्य र दिपक शर्मा पौडेल रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारी हेभि इक्युपमेन्ट डिभिजन प्रमुख टेकराज बोहरा लगायतको आतिथ्यता रहेको थियो भने थुप्रै संगठनका शुभचिन्तक र नवराज दिलपका आपन्तहरु समेतके उपस्थिति रहेको उक्त कार्यक्रममा संगठन रुपन्देही अध्यक्ष खनालले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै अस्पतालहरुमा देखिएको रगतको अभावलाई केहि हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै आफ्नो अमूल्य रगत दान गर्ने रक्तदाता लगायत अन्य सहयोगीहरुलाई धन्यवाद दिदै उनले आगामी दिनमा पनि संगठनले यस्तै रचनात्मक काम गर्ने प्रतिवद्धता जनाए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले संगठनले संचालन गर्ने यस्ता कार्यक्रमले जनतासँग ट्रेड युनियन भन्ने नाराले सार्थकता पाएकोले संगठन यस्ता कार्यक्रम निरन्तर गरिरहन संगठन रुपन्देहीलाई सुझाव दिईन् । केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नुपर्नेमा जोड दिए । एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठन प्रति विशेष आभार प्रकट गरे ।
कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो । कार्यक्रम संयोजक एवं संगठन रुपदन्देहीका सदस्य गुणाखर पाण्डेको स्वागत र सचिव जिवन पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो । संगठन रुपन्देहीले नियमित विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.