विद्युतीय व्यवसायी संघ रुपन्देहीको महासचिव पदमा विष्णु भण्डारीको उम्मेदवारी, ब्यवसायिका हकहितमा काम गरेकाले अत्याधिक मतले जित्ने दावि

 

बुटवल, चैत ९ । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा महासचिव पदमा विष्णु भण्डारीले उम्मेदारी दिएका छन । व्यसायीमाझ लोकप्रिय भण्डारी यस अघि दुई कार्यकाल कार्यसमिति सदस्य तथा अहिले कोषाध्यक्ष छन । व्यवसायीका तमाम समस्याहरु समाधान गर्दै संघलाई चुस्त र चलायमान बनाउन आफू महासचिव पदमा उम्मेदवार बनेको उनले बताए । उनी सघमा १३ वर्षदेखि जोडिएका हुन् । उनको बुटवल ८ सुख्खानगरमा तिलोसन टेर्डस नामक ब्यवसायिक संस्था रहेको छ । दुइ कार्यकाल कार्यसमिति सदस्य हुदाँ देखिनै सक्रीय भएर काम गरेका भण्डारीले आगामि कार्यकाल अझै उत्कृष्ट बनाउने बताएका छन ।


उनले अहिले कोषाध्यक्ष हुँदा संघमा सवै कार्यसमिति र ब्यवसायिको समन्वयमा राम्रो कोष जुटाएका छन । ब्यवसायिको सचिवालय र क्रिर्यापुत्रि भवन बनाउन सक्रिय भुमिका खेलेका भण्डारी आप्नो व्यवसायमा लगनशील छन । ब्यवसायिका समस्यालाइ राम्रो संग नियालेका भण्डारी महासचिवमा निर्वाचित भएपछि धेरै काम गर्ने बताएका छन । आफू महासचिवमा निर्वाचित भए व्यवसायिक हकहितमा हातेमालो गर्दै अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे । संघमा ३१८ व्यवसायी आबद्ध छन् । भण्डारीकै विषेश जोडमा संघले तिलोत्तमाको भलवारीमा सचिवालय भवन र कृयापुत्री भवन समेत बनाइएको छ । उनी विभिन्न सामाजिक क्षेत्रमा पनि जोडिएर सक्रियताका साथ लागेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.