विद्युतीय व्यवसायी संघ रुपन्देहीको सचिवमा रमा थापा क्षेत्रीको उम्मेदवारी, समस्या समाधान गर्नपहल गर्ने

 

विद्युतीय व्यवसायी संघ रुपन्देहीको सचिवमा रमा थापा क्षेत्रीको उम्मेदवारी
बुटवल, चैत । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा सचिव पदमा रमा थापा क्षेत्रीले उम्मेदवारी दिएकि छिन ।

दुई कार्यकाल कार्यसमिति सदस्य रहेकी रमाले संस्थाको विकास र ब्यवसायिको समस्या समाधान गर्न सचिव पदमा उम्मेदवारी दिएको बताइन । उनी पदाधिकारीमा जाने एक्ली महिला पनि रहेको दावी गरिन । १७ वर्षदेखि व्यवसायमा आबद्ध क्षेत्रीको बुटवल राजमार्ग चौराहामा न्यू बराल इलेक्टिकल एण्ड सप्लायर्स रहेको छ । व्यवसायीमा सफल रमाले व्यवसायमा समस्याहरुलाई समाधान र निराकरण गर्न आफूले काम गर्ने बताइन । विद्युतीय व्यवसायी हरु आर्थिक मन्दीको मारमा परेकोले समस्या समाधानका पहल गर्ने बाताइन । रमा विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छिन । उनले महिला ब्यवसायिलाइ ब्यवसायमा टिक्न कठिन भएको बताउदै महिलालाइ ब्यवसायमा अब्वल बनाउन र विद्युतीय व्यवसायी संघ रुपन्देहीमा आवद्ध समेत गराएर सक्रिय महिलाको संख्या बढाउन पहल गर्ने बताइन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.