एसईई परीक्षा सुरु, रूपन्देहीमा १९ हजार ६९५ परीक्षार्थी

 

बुटवल, चैत १५ । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रूपन्देहीबाट १९ हजार ६९५ जना परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाइ प्रमुख माधव बञ्जाडेले १७३ वटा सामुदायिक विद्यालय र १६६ वटा संस्थागत विद्यालय गरी ३३९ विद्यालयका नियमिततर्फ १८ हजार ८९५, प्राविधिक धारतर्फ ४२४ र ग्रेड वृद्धिमा ८ सय जना गरी जम्मा १९ हजार ६९५ विद्यार्थीहरू परीक्षामा सहभागी हुने जानकारी दिनुभयाे ।

उहाँका का अनुसार रूपन्देहीमा ५८ वटा परीक्षा केन्द्र रहेका छन् । रूपन्देहीमा सबैभन्दा ठूलो परीक्षा केन्द्र नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवलमा ६७६ जना परीक्षाथी रहेका छन् भने सबैभन्दा सानो परीक्षा केन्द्र न्यू इन्भारमेन्ट इङ्लिस बोर्डिङ स्कूल तिलोत्तमामा ११९ जना परीक्षार्थी रहेका छन् ।

जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको बताउँदै भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आग्रह गर्नुभयाे। जिल्ला परीक्षा समन्वय समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले परीक्षका लागि आबश्यक सुरक्षाकर्मी परिचालन गरीएको बताउनुभयाे ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.