खेलकुद फोकल शिक्षकहरु तथा सेतो गुराँसका कर्मचारीहरु बिच मैत्रिपुणर् भलिवल

बुटवल ,

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर सेतो गुराँस बाल विकास सेवा रुपन्देही र किडाशाको साझेदारीमा सञ्चालित खेलकुद शिक्षा परियोजनाले मैत्रीपूण भलिबल प्रतियोगिता तथा परियोजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यव्रmम सम्पन्न गरेको छ । शान्तिपूणर् र समावेशी समाजको प्रवद्र्धनका लागि खेलकुद भन्ने नाराका साथ मनाइएको भलिबल प्रतियोगिता बुटवल उपमहानगरका १५ विद्यालयका खेलकुद फोकल शिक्षकहरु तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कर्मचारीहरु बिच सम्पन्न भएको हो ।

भलिवल प्रतियोगितामा खेलकुद फोकल शिक्षक समूह विजेता भएको छ भनेसेतो गुराँस बाल विकास सेवा रुपन्देही समूह उपविजेता भएको छ ।
सेतो गुराँस बाल विकास सेवा रुपन्देही कोषाध्यक्ष गोमती सुनार को अध्यक्षता जिल्ला भलिबल संघ, रुपन्देहीका उपाध्यक्ष राम बहादुर थापा को प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा बुटवल क्रिकेट विकास बोडका कोषध्यक्ष राजु राना, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्मा ज्ञानोदय माध्यामिक विद्यालयका प्र.अ टिकराम शर्मा,सेतो गुराँस बाल विकास सेवा रुपन्देही कमल न्यौपाने केशव न्यौपाने, विनोद के.सि, शालिकराम बस्याल र कृष्ण प्रसाद घिमिरेल लगायत ले बोल्दै सरकारले गर्न नसकेका काम सेतोगुराँस बालविकास सेवा रुपन्देहीले गरेको बताउदै परियोजना नै सञ्चालन गरेर सेतो गुरासले राम्रो काम गरेको बताउनु भयो ।


पाठयक्रमलाई व्यवहारमा ल्याउन स्थानीय सरकारले नीतितथा कार्यक्रममा खेलकुदलाइ राखेर योजना बनाउनपर्ने उहाहरुले बताउनु भयो । यसका लागि हामी आफ्ने तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत बक्ताहरुले गर्नु भयो । सेतोगुँराँस बालबालिकाले खेलकुद बाहेक अतिविपन्न परिवारको बालबालिकामा शिक्षाका कार्यक्रम तथा शैक्षिक कार्यक्रम सफल पार्नका लागि अभिभावक सहयोग पोशाक लगायत शैक्षिक सामग्री सहयोग लगाएतका सहयोग गर्दे आएकोछ । तेस्तै जीवनउपयोगी सिप शिक्षा कार्यक्रमबाट गलत बाटोमा लागिसकेका बालबालिकाहरुलाई सुधार गर्ने समेत भविश्यको कार्यदिशा ल्याउने टिकाउने र विकाउने सम्मको सहयोग गरेकोमा साझोदार सँस्था किडाशा लाई धन्यावद ििदनुभएको थियो ।
कार्यक्रम अध्यक्ष सेतोगुराँस बालविकास सेवा रुपन्देहीका कोषाध्यक्ष गोमती सुनार ः खेलकुद शिक्षामा सरकारको उद्देश्य पुरा गर्ने काम गरीरहेको बताउनु भयो ।
उहाले खेलकुद शिक्षा लगायत अन्य परियोजनाबाट जोखिममा रहेका परिवार र विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो । कार्यक्रम सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माको स्वागत सगिंता सुनार जि.आरको संचालनमा सम्पन्न भएको थियो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.