लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित समापन

 

बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीमा गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकल्प गरिएको छ ।
ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्‍याउने संकल्प गरिएको हो । संकल्पपत्रमा नेपाललाई विश्वशान्तिको केन्द्रको रूपमा विकास गर्ने उल्लेख छ ।
नयाँ २०८१ सालको प्रवेशसँगै ध्यान र योगलाई नेपालभर प्रवर्द्धन गर्ने, पूर्वीय संस्कृतिको प्रयोग तथा सम्वर्द्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयमा उपयुक्त पाठ्यक्रम र तालिमका लागि जनशक्ति तयार गर्ने तथा देशभर ध्यान र योग प्रर्वद्धन गर्न सबै सरकारी कार्यालय र पर्यटकीय स्थलमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने संकल्प पनि गरिएको छ ।
संकल्पकर्ताहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, रुपन्देहि क्षेत्रनम्वर पाँचका संघीय सांसद बासुदेव घिमिरे, योग गुरु एलपी भानु शर्मा लगायत हुनुहुन्छ ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक नागरिकको जीवन रुपान्तरण गर्न अर्को क्रान्ति गर्ने समय आएको बताउनुभयो । नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्म प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्र क्षेत्रको अवधारणागत र संरचनागत सुधार गर्नुपर्ने उहाको भनाइ छ ।
देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदायमाझ नेपाल शान्तिपूणर् विश्व बन्धुत्वको पक्षमा रहेको सन्देश दिन सबैको सामूहिक प्रयास, प्रतिबद्धता आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.