होटेल पौवा पोखरा द्धारा अनाथ आश्रमका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण

 

पोखरा
होटेल पौवा पोखराले पर्यटकीय राजधानी पोखरामा रहेको साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ । होटेल पौवा स्थापना दिवस को अवसर मा होटेल पौवा पोखरा शाखाले सहारा एकेडेमी बाल अनाथ आश्रम मा रहेका बाल बालिका हरु क़ा लागि खाध्यन्न तथा फलफुल वितरण गरेको पोखरा शाखाका प्रवन्धक केशव भण्डारीले बताउनु भयो ।


विभिन्न चाडपर्व का अवसरमा समेत होटेल पौवा ले नेपाली सस्कृति झल्किने विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । पौवाले सामाजिक क्षेत्र मा पनि टेवा पुर्याउने उद्देश्यले १२ वटै शाखा हरु मा विभिन्न कार्यक्रम हरु को आयोजना गरी स्थापना दिवस मनाएको प्रवन्धक भण्डारीले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.