ओलीले गरेको संसद विघटन ठीक थियो , भण्डारी , भिडियो सहित

 

बुटवल,२५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन ठीक रहेको बताउनु भएको छ । संसद विघटनलाई कांग्रेसले समर्थन गरेर चुनावमा गएको भए ताजा जनमतबाट कांग्रेस र एमालेलाई नै फाइदा हुने र साना दल आफै पाखा लाग्ने उहाले बताउनु भयो । भण्डारीले गृहमन्त्री रवि लामिछाने लगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने पनि बताउनु भयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले छानवीन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको भन्दै ‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानवीनका लागि तयार भएर नैतिकता देखाउनुपर्ने बताउनु भयो । नेता भण्डारीले ‘संसदीय छानवीन समिति माग गर्नु नयां दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह नभएको बताउदै प्रश्न उठेपछि छानविनलाइ सघाउनु पर्ने उहाको तर्क छ ।


नेता भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि वजेट नपुगेको बताउनु भयो ।
नेता भण्डारीले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने र ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क राख्नु भयो ।
संविधानले सिंहदरबारको अधिकार स्थानीय तहसम्ममा ल्याइएको, महिला, दलित, मधेशी, पछाडि पारिएका समुदायका लागि समावेशी समानुपातिक सहभागिता सुनिश्चित भएको तर नागरिकको अवस्थामा परिवर्तन नहुदा र रोजगारीका लागि विदेश पलायनले आमरुपमा जनतामा निराशा छाएको बताउनु भयो । समानुपातिक प्रणालीले नेताहरुले मात्र फाइदा लिएर बलिया भएकाले समानुपातिकमा विज्ञहरु मात्र लैजानुपर्ने बताउनु भयो ।
पत्रकारको जिज्ञासामा नेता भण्डारीले अबको महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने बताउनु भयो । अहिलेका सभापति शेरबहादु देउवा विधानको व्यवस्थाका कारण पनि नेतृत्वबाट बिदा लिने बेला आएको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.